आजको राशिफल : आश्विन २४ गते आइतबार

आज २०७८ साल आश्विन महिनाको २४ गते आइतबार, आश्विन शुक्लपक्षको चतुर्थी तिथि । आज नवरात्र आरम्भको चौथो दिन कूष्माण्डा माताको पूजा आराधना गरिँदै ।
मेष
पेशाप्रति केन्द्रीत हुने स्वाभावमा बृद्धि हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । बोलीमा भने कडापना देखा पर्ने हुँदा विचार पु¥याउनु होला । प्रेममय वातावरण छाउने छ । जीवनसाथिप्रति समर्पित रहेर कामहरु समर्पित गर्न मन लाग्ने छ । पेशागत क्षेत्रमा उन्नति, प्रगति हुने छ ।
वृष
बोलीको प्रभावमा बृद्धि हुन जाने छ । निर्णय क्षमतामा गिरावट देखा पर्नेछ । मनमा दुविधाका मात्रा धेरै बढ्न पुग्दा अन्योलता बढ्ने छ । रिस भने अत्यन्त कडा प्रकृतिको हुने भएकाले संयमित रहनु होला । पेशागत जीवनबाट लाभ मिल्ने छ । पेशागत क्षेत्रमा कदर र भुमिका बृद्धि हुने छ ।
मिथुन
चलाख व्यक्तित्व हुने छ । भाग्यको साथ रहेकाले समय सकारात्मक रहने छ । धन सम्पत्तिमा बृद्धि हुने छ भने शैक्षिक तथा बौद्धिक क्षेत्रमा पनि रुचि बढ्ने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुनेछ । सन्तानप्रति वा सन्तानका बारेमा समर्पित भावमा तिब्रता आउने छ । पेशागत जीवनमा व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुनेछ ।
कर्कट
खर्च धेरै हुने र आम्दानीको सीमितताले दबाब सृजना गर्ने छ । मनोबलमा कमि देखा पर्ने छ । पेशागत जीवनमा समस्या तथा उल्झनहरु देखा पर्न जाने हुँदा संयमित रहनु होला ।सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोग गर्न मन लाग्ने भए तापनि दुविधात्मक शैलीको व्यक्तित्व हुन जानेछ । परिवारको आड भरोसाले गर्दा अप्ठ्यारो परिस्थितिमा संहालिन भने मद्धत मिल्ने छ ।
सिंह
यात्रारत हुन मन लाग्ने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा दुविधा जस्तो बन्न पुग्नेछ । पेशागत जीवनमा धैर्यता साथ कदमहरु चाल्नु पर्ने वा निर्णय लिनु पर्ने समय रहेको छ । आम्दानीको हकमा भने केही बृद्धि हुन जाने छ भने आम्दानी बढाउन बोली प्रभावकारले मद्धत पु¥याउने छ ।
कन्या
बोलीमा नरमपना र शितलता देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । आफ्ना सपना, लक्ष्य तथा आम्दानी परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ । पेशागत जीवन स्थिर रहने छ । व्यवस्थापकीय दक्षतामा बृद्धि हुनेछ ।
तुला
शितल खालको व्यक्तित्व बन्ने छ । अध्ययन अध्यापनमा भने प्रगति हुने छ । भाग्यको साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि अवस्था सन्तुलित रहन ठुलो मद्धत प्राप्त हुने छ । आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिरता उत्पन्न हुने छ । बोलीमा भने अलि कटु प्रकृतिको भाव बृद्धि हुने हुँदा ध्यान दिनु होला ।
वृश्चिक
नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न प्रयास गर्नु होला । मनमा उदासिनताको मात्रा बढ्न जाने छ । विदेश यात्रातर्फ सोचहरु आउने छन् । पेशागत जीवनमा स्थिरता आउने छ भने कमाईमा पनि केही बृद्धि देखिने छ । बोलीको प्रभावमा भने कमि आउने हुँदा त्यसबारेमा ध्यान दिनु होला ।
धनु
आम्दानी तथा सपनाका विषयमा सन्तोषजनक प्रगति हुने छैन् । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । तर धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । जीवनसाथिको साथसहित पेशागत क्षेत्रलाई अघि बढाएमा जोखिम कम हुने छ ।
मकर
अरुलाई सहयोग गर्न मन लाग्ने खालको सहयोगि भावना जागृत हुने छ । बलियो व्यक्तित्व हुने छ । कतिपय अवस्थामा चाहिने भन्दा कडा खालको व्यक्तित्व बन्ने भएकाले अरुले घमण्डि जस्तो अनूभुत समेत गर्ने भएकाले संयमिता अपनाउनु होला । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा ठुलो सकारात्मक भुमिका खेल्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने समस्या देखा पर्ने छन् ।
कुम्भ
उमङ्गको लहर आउने छ । चतु¥याईमा बृद्धि हुनेछ । प्रतिष्पर्धीहरुका बीचमा जुध्न सक्ने तागत आउने छ । पारीवारिक मिलन र सद्भाव कायम हुने छ । ज्ञान भाव र बुझाईको मात्रा फराकिलो बन्ने छ । पेशागत जीवन औसत खालको रहने छ । साझेदारीमा गरिएका कामहरुमा उल्झन र समस्याहरु देखा पर्ने छन् ।
मीन
परिवारमा स–साना विषयले पनि द्वन्द निम्त्याउने छ । मनमा खिन्नता र उदासिनताको मात्रा बढ्न पुग्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । भाग्यको साथ नभएका कारण कार्यसफलतामा कमि आउने छ । पेशागत जीवनमा भने नसोचेका समस्याहरु देखा पर्ने भएकाले सतर्कतासहित कदम चाल्नु होला । दाम्पत्य जीवनमा मधुरता आउने छ । जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा जोखिमबाट बच्न सकिने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया