देश तत्काल निर्वाचनमा जानु पर्छ : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानु पर्ने बताएका छन् । पार्टीको काठमाडौँ महानगरपालिका २२ ले आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उनले पार्टीको महाधिवेशन सम्पन्न गरी निर्वाचनमा जानु पर्ने बताएका हुन् ।
‘सरकार गठनमा स्वतन्त्र न्यायपालिकालाई जोड्नु लोकतन्त्रका लागि गम्भीर कुरा हो,’ उनले भने । उनले आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक सभापतिका लागि उम्मेदवार हुन चाहेको समेत बताएका थिए ।
नेता सिंहले कांग्रेसभित्र नेतृत्व गर्ने अवसर एकपटक काठमाडौँले पाउनु पर्ने उल्लेख गरे । राजनीतिलाई सेवाका रुपमा लिनसमेत उनले सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।
उनले कांग्रेसभित्रको कमजोरीका कारण नेपालका कम्युनिष्ट सत्तामा पुग्ने अवसर पाएको भन्दै आगामी दिनमा कांग्रेसले यस्तो कमजोरी दोहोर्याउन नहुने बताए ।















कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
रुपन्देहीमा लागुऔषध कारोबारी नियन्त्रणमा लिने क्रममा तीन जनालाई गोली प्रहार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया