बिहीबार, पुष १७, २०८२

बुटवलमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, मोतीपुर क्षेत्रमा कर्फ्यु

मेरोन्यूज २०७८ असोज २४ गते १७:०९

काठमाडौं । बुटवल उपमहानगरपालिका-१४ मोतीपुरमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न पुगेका सुकुम्बासीहरू हटाउने क्रममा प्रहरीसँग झडप भएको थियो । सोही झडपमा परि प्रहरीको गाली लागेर एक जनाको मृत्यु भएको हो ।

मृतकको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मोतीपुर क्षेत्रमा देशभरका सुकुम्बासी आउँदै बसिरहेका थिए। तिनीहरूलाई हटाउने क्रममा बुधबार दुई घन्टा झडप भएको थियो।

औद्योगिक क्षेत्रमा भएको झडपमा गोली चल्दा ६ जना घाइते भएका थिए ।

मोतीपुर क्षेत्रमा कर्फ्यु
घटनालाई नियन्त्रण गर्नको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

जारी आदेशमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

प्रतिक्रिया