बुटवलमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, मोतीपुर क्षेत्रमा कर्फ्यु

काठमाडौं । बुटवल उपमहानगरपालिका-१४ मोतीपुरमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न पुगेका सुकुम्बासीहरू हटाउने क्रममा प्रहरीसँग झडप भएको थियो । सोही झडपमा परि प्रहरीको गाली लागेर एक जनाको मृत्यु भएको हो ।
मृतकको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मोतीपुर क्षेत्रमा देशभरका सुकुम्बासी आउँदै बसिरहेका थिए। तिनीहरूलाई हटाउने क्रममा बुधबार दुई घन्टा झडप भएको थियो।
औद्योगिक क्षेत्रमा भएको झडपमा गोली चल्दा ६ जना घाइते भएका थिए ।
मोतीपुर क्षेत्रमा कर्फ्यु
घटनालाई नियन्त्रण गर्नको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो ।
प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

जारी आदेशमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया