मुगु दुर्घटना : घाइतेको उद्धार गर्न दुई हेलिकोप्टर घटनास्थलमा

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७ पिना तपनेखोलामा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरुको यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका छन् । उनले हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। मन्त्री खाणको निर्देशन अनुसार नेपाली सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पुगिसकेका छन् ।
‘यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरुको तत्काल उद्धार गर्नूहोला । आवश्यक परे हेलिकोप्टर पुर्याउनुहोला’ मन्त्रीको निर्देशन उध्रित गर्दै प्रवक्ता पोखरेलले भने, ‘उनको निर्देशन अनुरुप हामीले नेपाली सेना र समिट एयरको हेलिकोप्टरबाट घाइतेलाई नेपालगञ्ज ल्याइरहेका छौं ।’ घाइतेको उद्धारमा कुनै कसुर बाँकी नराख्न मन्त्री खाणले निर्देशन दिएको छ ।
उनले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई पनि तत्काल उद्धारमा खटिन निर्देशन दिएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईको नेतृत्वमा १० जनाको टोली खटिएको छ । भने घटनास्थलबाट एक किलोमिटर दक्षिण पर्ने पिना प्रहरी चौकी मुगुबाट प्रहरी सहायक निरीक्षक जोरासिंह खड्काको नेतृत्वमा टोली घटनास्थलमा पुगिसकेको छ ।
जुम्ला मुगु सडकखण्डमा नेपालगञ्जबाट गमगढीका लागि जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस २५० मिटर तल खस्दा २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३९ जना घाइते छन् । ती मध्य १७ जनाको अवस्था गम्भीर भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए। अहिले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर दुर्घटनास्थलमा पुगेर एयरपोर्टसम्म घाइतेलाई ल्याइरहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।
साथै समिट एयरको हेलिकोप्टरले पनि घाइतेलाई नेपालगञ्जसम्म ल्याइरहेको प्रवक्ता पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।


















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
आजको मौसम : पहाड र हिमालमा बादल, तराईमा सफा
प्रतिक्रिया