बिहीबार, फागुन २८, २०८२

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

मेरोन्यूज २०७८ असोज २६ गते १६:५०

काठमाडौं । मकवानपुरमा दसैंको पिङ बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। सोमबार साँझ मकवानपुरको भीमफेदी गाउँपालिका–६ माण्डुमा दसैंका लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो।

Advertisement
nepal life insurencenepal life insurence

प्रहरीका अनुसार लामा पिङको लठ्ठा बाँध्ने क्रममा खसेका थिए। लडेर घाइते भएका लामालाई तत्काल उद्धार गरी अस्पताल लगिएकोमा उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया