शुक्रबार, वैशाख ४, २०८३

मोतीपुरमा आज रातिदेखि कर्फ्यू हट्ने, निशेधाज्ञा यथावत्

मेरोन्यूज २०७८ असोज २६ गते १७:४५

काठमाडौं । रूपन्देहीको मोतीपुरमा भएको घटनापछि लगाइएको कर्फ्यू मंगलबार राति १२ बजेदेखि हटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सूचना जारी गर्दै आइतबारदेखि मोतीपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू राति १२ बजेदेखि हटाउने जनाएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै असोज २४ गते आइतबार दिउँसो ४ बजेदेखि लगाइएको कर्फ्यू मंगलबार राति १२ पछि हटाइने जनाएका छन् ।

सुकुम्बासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गरि बसेको समूह र सुरक्षाकर्मीबीच झडप भएपछि तनावग्रस्त बनेको स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसो ४ बजेदेखि कर्फ्यू आदेश गरेको थियो ।

कर्फ्यू हटाए पनि भदौ २८ गतेदेखि नै कायम गरिएको निशेधाज्ञा भने यथावत् रहेको छ।

प्रतिक्रिया