मोतीपुरमा आज रातिदेखि कर्फ्यू हट्ने, निशेधाज्ञा यथावत्
मेरोन्यूज
२०७८ असोज २६ गते १७:४५

काठमाडौं । रूपन्देहीको मोतीपुरमा भएको घटनापछि लगाइएको कर्फ्यू मंगलबार राति १२ बजेदेखि हटाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सूचना जारी गर्दै आइतबारदेखि मोतीपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू राति १२ बजेदेखि हटाउने जनाएको हो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गर्दै असोज २४ गते आइतबार दिउँसो ४ बजेदेखि लगाइएको कर्फ्यू मंगलबार राति १२ पछि हटाइने जनाएका छन् ।
सुकुम्बासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गरि बसेको समूह र सुरक्षाकर्मीबीच झडप भएपछि तनावग्रस्त बनेको स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसो ४ बजेदेखि कर्फ्यू आदेश गरेको थियो ।
कर्फ्यू हटाए पनि भदौ २८ गतेदेखि नै कायम गरिएको निशेधाज्ञा भने यथावत् रहेको छ।
सम्बन्धित










एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया