चाडपर्वमा खानेकुरा बनाउँदा नुनको प्रयोग चाहिने भन्दा बढी गरेका त छैनौं ?

कोरोना महामारीको समयमा हामीले खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ । चार्ड पर्व रमाईलोले हाम्रो जिवनमा नयाँ आन्नदको अनुभुति दिएको हुन्छ । अहिले कोरोना भएर मानिसहरु अलिक जागरुक भए जस्तो पनि देखिन्छ ।
अझ दशैलाई हामी खानाको पर्व भनेर चिन्ने गछौं । दशैमा सबैको घरमा धेरै थरीका परिकार पाक्ने हुन्छ । चाडसँगै जोडिएका सकारात्मक खाने कुराहरु विर्सेर हामीले पत्रु खानेकुरा (बजारबाट किनेका चाउचाउ बिस्कुट, कोल्ड ड्रिङ आदि) खाईरहेका छैनौं ।
हामीले खानपानमा ध्यान नदिदाँ अन्य विभिन्न रोगहरु थपिने खतरा बढ्छ । चाडपर्वमा खाएका खानेकुराले चाडपर्व सकिएपछि विभिन्न रोगहरु थपिएका प्रसस्त उदारणहरु देखेका छौं । शरिरको तौललाई वास्ता नगर्ने, चाहिने भन्दा बढी खाने गर्दा चाडपर्व सकिएपछि मधुमेह समस्या देखिएको छ ।
अर्को, विभिन्न किसिमका स्वास्थ्य समस्या भएकाहरु जस्तै, उच्च रक्तचाप, मोटोपनाको जोखिम बढी हुन्छ । स्वस्थ्यकर खानेकुरा नै पनि बढी खाँदा स्वास्थ्यलाई राम्रो गदैन् । चाडपर्वको समयमा बाहिरका खाने कुरा (पत्रु) खाने कुरा खादै नखान सुझाब दिन्छु । त्यस्ता खानेकुरा आफु पनि नखाऔँ पाहुनालाई पनि नदिऔं । चाउँचाउ, चकलेट, पिजा, कोक फेन्टा, लगायतका खाने कुरा पर्छ । पिजा घरमै बनाएर गहुँको वा कोदो वा फापरको पिठोको बनाउँन सकिन्छ ।
नेपालीको प्रिय खाना मःम बनेको छ । मैदाको मःमःले हामीलाई एकदमै हानि गर्छ । फापरको कोदो जौंको मःमः बनाएर खान सकिन्छ । हाम्रा पराम्परागत खानेकुरा बनाएर खान सकिन्छ । अर्को चाडपर्वमा एकदमै तेलको प्रयोग गरेको देखिन्छ । त्यसरी खाएका खाने कुराहरुले हामीलाई असर गरिरहेको हुन्छ । एकछिन रमाईलोका लागि खाएका खानेकुराले थप समस्या थपिदिन्छ । तरकारी पकाउँदा बढी तेल राख्दा एकछिनका लागि मिठो होला तर त्यसले फाईदा गदैन् ।
मासु खाने मानिसहरुले कम तेल राखेर मासु पकाउँन सकिन्छ । बोसो छाला भएको मासु नखाने, थोरै मसला हालेर खान सकिन्छ । त्यसैगरी, मासु सँगै रेसादार तरकारी तथा फलफुल (फाइबर हुने हुँने) खानुपर्छ । रेसादार खानेकुराले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ भने साथसाथै शरिरलाई चाहिने सुक्ष्म तत्वहरु प्राप्त गर्छ । दैनिक दुइ लिटर अनिवार्य पानी पिऔैं ।
तरकारी र अचार धेरै थरीका बनाएका हुन्छौं । त्यसमा सबैमा नुन हुन्छ । तर हामीले चाहिने भन्दा बढी नुनले पनि असर गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक व्यक्तिमा दिनमा पाँचग्राम भन्दा बढी नुन खानु हुदैन् । त्यो करिब एक चम्चा हो ।
तर हाम्रोमा विभिन्न थरीका परिकार खादा चार चम्चासम्म हामीले दिनमा नुन सेवन गरिरकेका हुन्छौं । अर्को पत्रु खानेकुरामा नुनको स्वाद थाहाँ हुदैन । त्यस्ता खानेकुराहरुमा प्रस्तत मात्रामा नुन हुन्छ । यस्ता खाने कुराले हाम्रा शरिरमा कुनै प्रकारको रोग भए त्यो झनै बढाउँछ भने कुनै पनि समस्या छैन् भने समस्या थपिदिन्छ ।
पेय पदार्थ घर बाहिरका किनेर खानु हुदैन् । जसमा चिनीको मात्रा बढी हुने हुदाँ मोटोपनाको समस्या थपिन्छ । यस्ता खानेकुराको सट्टामा घरमै माछा मासु खाएपनि कागति पानी खानुपर्छ । घरकै दही मोही खाने गर्नु पर्छ । पुदिना पानी बनाएर खाने, फलफलको जुस बनाएर खान सकिन्छ । दशै तिहार सकिएपछि थप समस्या देखिएर अस्पताल जानु पर्ने समस्या आउँदैन् । हामीले आफ्ना खाने कुरामा पनि विशेष ध्यान दिएर दशै मनाऔं ।
(जनस्वास्थ्यविज्ञ डा. उप्रेतिसँग सञ्जिता खनालले गरेको कुराकानीमा आधारित )
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया