मुगु दुर्घटना : टायर पञ्चरका कारण दुर्घटना, सबै मृतकको सनाखत
काठमाडौं । नेपालगन्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नम्बरको यात्रुवाहक बसको ‘टायर पञ्चर भई दुर्घटना’ भएको खुलेको छ । मंगलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
नेपालन्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको सो यात्रुवाहक बस मंगलबार दिउँसो करिब १ बजे छायाँनाथ रारा नगरपालिका—७, पिनागाउँको तपने खोलामा दुर्घटनामा परेको थियो । उक्त बसमा ४६ जना यात्रु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइडतिरको टायर पङ्चर भई बस अनियन्त्रित हुँदा ५०० मिटर्जति तल खसेको छ । यस दुर्घटनमा परेर १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल पिनागाउँमा रहेको प्रहरीचौकीबाट दुई मिनेट टाढा भिरालो मोड रहेको छ । दुर्घटना समयमा पिना चौकीको प्रहरी गस्ती घटनास्थलमुनि रहेको थियो । प्रहरी गस्तीले ठूलो आवाज आएको सुन्नेबित्तिकै बस भिरबाट खसेको देखिएको र बसको अवस्था हेर्दा चालकतिरको टायर च्यातिएको देख्दा दुर्घटना अन्य कारण नभई टायर पङ्चर भएका कारण भएको अनुमान गरिएको छ ।
सुचिमा हेर्नुहोस्
लग्न सेजुवाल (१९ वर्ष) – छायाँनाथ रारा-७
नाम नखुलेका २ वर्षीय बालक – छायाँनाथ रारा-७
भगवती बम (२० वर्ष) – छायाँनाथ रारा-७
पुजा बुढा (१८ वर्ष) – छायाँनाथ रारा-१०
प्यारी बिक (३३ वर्ष) – छायाँनाथ रारा-८
सन्तोष बिटालु (२२ वर्ष) – छायाँनाथ रारा-८
छारा सावत (२२ वर्ष) – छायाँनाथ रारा-१२
दानबहादुर रावल (चालक, ३५ वर्ष) – छायाँनाथ रारा नगरपालिका
सरिता खड्का (२० वर्ष) – छायाँनाथ रारा-१०
कर्णसिह बुढा (२२ वर्ष)- छायाँनाथ रारा-१४
चन्द्रादेवी मल्ल (२३ वर्ष) – छायाँनाथ रारा नगरपालिका
रामामाया भाम – छायाँनाथ रारा-६
उम्मर सावद (१८ वर्ष) – छायाँनाथ रारा-६
प्रकाश बुढा (२२ वर्ष) – छायाँनाथ रारा-११
अजय कार्की (२९ वर्ष) – छायाँनाथ रारा-५
कमला बिसी (३२ वर्ष) – छायाँनाथ रारा-५
सुनबहादुर बिक (२२ वर्ष) – छायाँनाथ रारा-१०
शिब बुढा – छायाँनाथ रारा-१४
अमृता शाही राना (२१ वर्ष) – छायाँनाथ रारा-७
आयुष राना (२ वर्ष) – छायाँनाथ रारा-७
रुपसिंह कार्की (२० वर्ष) – छायाँनाथ रारा-१४
महेन्द्र शाही (२२ वर्ष) – छायाँनाथ रारा-७
मनरुप कुमाई – सोरु गाउँपालिका-३
प्रदिप स्वर्णकार (२२ वर्ष) – राँझा, बाँके
चन्द्रप्रकास भाम (१८ वर्ष) – छायाँनाथ रारा-४
आदित्य बिक्रम शाह – छायाँनाथ रारा-७
आइतसिंह कामी (२३ वर्ष) – सोरु गाउँपालिका-८
टोपबहादुर बिष्ट (२८ वर्ष) – छायाँनाथ रारा-८

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया