नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो

काठमाडौं । समूह चरणको अन्तिम खेलमा बंगलादेशसाग बराबरी खेल्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालका लागि अञ्जन बिष्टले खेलको ८८ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।
यसअघि खेलको ९ मिनेटमा बंगलादेशका सुमन रेजाले फ्रिकिकलाई हेडिङ गर्दै गोल गरेका थिए । खेलमा नेपालले बलमा नियन्त्रण राखेपनि डिफेन्सको कमजोरीले गोल खान बाध्य भएको थियो । तर खेलको बाँकी समय नेपालले दबाब कायम गर्न सक्दा नेपाल खेलमा फर्किएको हो ।
नेपालले साफ च्याम्पियनसिपमा चार खेल खेल्दै दुई जित, एक बराबरी र एक हारसहित ७ अंक जोडेर फाइनल पुगेको हो । बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । यो खेल जितेको भए बंगलादेश फाइनल पुग्ने सम्भावना थियो ।
नेपालसँग फाइनल खेल्ने टोलीको आजै टुंगो लाग्नेछ । आज राति ९ः४५ मा हुने भारत र माल्दिभ्स बीचको खेलबाट दोस्रो फाइनल खेल्ने टोलीको टुंगो लाग्ननेछ ।
प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको हो ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया