साफ उपाधिका लागि भारत विरुद्ध खेल्दै नेपाल, कस्ले मार्ला बाजी ?

काठमाडौं । माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले चिर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको छ ।
लिग चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्सविरुद्ध ३–१ को रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको भारतले उपाधिका लागि नेपालसँग प्रतिष्पर्धा गर्ने भएको हो ।
यसअघि नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै अन्तिम दुईमा स्थान बनाएको थियो । ८ औँ मिनेटको अग्रतालाई ८८ औँ मिनेटमा पेनाल्टीबाट बराबरी गर्दा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाउने मौका पाएको हो ।
मालेस्थित राष्ट्रिय रंगशालामा दुबै टोली सुखद नतिजाका लागि प्रतिष्पर्धा गरेका थिए । गर वा मरको अवस्थामा रहेका दुबै टोलीले आक्रामक खेल देखाउँदै फाइनल यात्रा तय गर्न चाहन्थे । सोही क्रममा सुरुवाती दुई खेलमा बराबरी खेल्दै दबावमा परेको भारतले माल्दिभ्सलाई सजिलै हराएर बंगलादेशसँग बराबरी खेलेको नेपाल सँगको भेट पक्का गरेको हो ।
भारतको जितमा नेपाली मूलका खेलाडी भारतीय कप्तान सुनिल क्षेत्रीले दुई गोल गर्दा मानबिर सिंहको नाममा एक गोल रह्यो । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काएका थिए । रोमाञ्चक बनेको खेलको ३३ औँ मिनेटमा मानबिरले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा माल्दिभ्सका कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन रोमाञ्चक बनेको दोस्रो हाफमा भारतले दबाव दिएर खेल्यो ।
कप्तान सुनिल चम्किए । खेलको ६२ औँ मिनेटमा सुनिलले टोलीका लागि दोस्रो गोल थप्दा ७१ औँ मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–१ को जित दिलाए । माल्दिभ्सविरुद्धको दुई गोलसँगै सुनिलले भारतका लागि ७९ औँ गोल पनि पूरा गरेका छन् ।
अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ । फाइनल खेल आइतवार नेपाली समय अनुसार ८ः४५ बजे हुनेछ । भारत समूह विजेताको रुपमा फाइनल पुग्दा नेपाल भने उपविजेताको रुपमा अन्तिम दुईमा प्रवेश गरेको छ । १३ औँ संस्करणको साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो भने सर्वाधिक सफल टोली भारतले ८ औँ उपाधिका लागि प्रतिष्पर्धा गर्न लागेको छ ।

















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया