नाइजेरियामा सेनाको कारबाही, २५० जना बन्दुकधारी मारिए

अबुजा । नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा कम्तीमा पनि २५० जना मारिएका हुन् ।
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका पनि सो समाचारमा जनाइएको छ । अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएकोे हो । यस क्रममा यहाँको सेनाले गरेको कारबाहीका क्रममा अरु ६०० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरुलाई यहाँका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ ।
सैन्य प्रवक्ताले सो पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ । नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरुले नागरिकको हत्या गर्ने गर्दछन् । सेनाले महिना दिन यता गरेको कारबाहीमा ती बन्दुकधारीहरुबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको जनाएको छ ।









एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
यामाहा नेपालद्वारा बुटवलमा ‘ब्लु स्क्वायर शोरूम’ उद्घाटन
बहुमत ल्याउने ल्याकत छ, एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : ओली (सम्बोधनको पूर्णपाठ)
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ : ओली
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
प्रतिक्रिया