बारामा ट्यांकरको ठक्करबाट तीनजनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज ३० गते १५:१९
काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भोलहीमा गए राति ट्यांकरको ठक्करबाट कारमा सवार तीनजनाको मृत्यु भएको छ ।
कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुईजनाको भने वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो ।
मृतकमध्ये कारमा सवार अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको उमेर र नाम मात्र खुलेको छ । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ख ७५९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गए राति पौने ११ बजे ठक्कर दिएको थियो। दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।
सम्बन्धित


















अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया