मन्त्रीहरुलाई नेकपा एकीकृत समाजवादीको १० बुँदे निर्देशन (अपानीसहित)

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई १० बुँदे निर्देशन जारी गरेको छ । कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटि सदस्य विरोध खतिवडाको नेतृत्वमा सरकारमा सहभागी भएका थिए ।
नेकपा एकीकृत समाजवादीका नेताहरु विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले, किसन श्रेष्ठ मन्त्रीमा र भवनाी खापुड राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भएका थिए ।
मन्त्रीहरुलाई नेकपा एकीकृत समाजवादीले १० बुँदे निर्देशन आफ्ना मन्त्रीहरुलाई गरेको छ । अध्यक्ष माधव नेपालले अन्तरपार्टी निर्देशन जारी गदै १० बुँदे निर्देशन गरेका हुन् ।
नेपालले जारी गरेको अपानीमा सरकारमा रहेर देश र जनताको निम्क्ति राम्रो काम गर्न सकियोस् भन्ने उदेश्यले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई पार्टी अध्यक्षले निर्देशन जारी गरेको उल्लेख छ ।
नेकपा एकीकृत समाजवादीले जारी गरेको निर्देशन यस्तो छ :-
१) इमान्दारिता र कर्तब्य निष्ठाका साथ काम गर्ने ।
२) राष्ट र जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने ।
३) नीजि स्वार्थ, अनियमितता र भष्टाचारबाट मुक्त रहने ।
४) योग्यता, क्षमता र कार्यसम्पादनमा उत्कृष्टताको आधारमा ब्यक्तिको छनौट गरी जिम्मेवारी दिने ।
५) विवादमा पर्ने कुनै पनि काम नगर्ने ।
६) स्वच्छ र सादा जीवन, असल आचरण र सस्कारको अवलम्वन गर्ने ।
७) पार्टीको नेतृत्व र सम्वन्धित विभागसँग समन्वय गरी काम गर्ने र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्ने ।
८) सम्वन्धित क्षेत्रका विज्ञ तथा अनुभवी ब्यक्तिहरुबाट नियमित रुपमा राय परामर्श लिने ।
९) नेता, कार्यकर्तासँग जीवन्त सम्र्पकराखी छिटो छरितो ढंगले काम गर्ने ।
१०) पाँच दलीय गठवन्धनको भावना अनुरुप अन्य दलहरुसँग सहकार्य गर्ने ।


















सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास
निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल
काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
प्रतिक्रिया