जङ्गली हात्तीको बथानले धानबालीमा नोक्सनी

कञ्चनपुर । जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा नोक्सनी पु¥याएको छ । खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको धानबाली हात्तीको बथानले खाएर नोक्सानी गरेको हो ।
चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले धानबालीमा नोक्सनी पु¥याएकाले किसान मर्कामा परेका छन् । “दश कठ्ठा जग्गामा लगाइएको धानबाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौं” स्थानीय किसान राजकुमार चौधरीले भने, “हात्तीका बथानले पूरै धानका बाला खाएको छ । निकै नोक्सानी भयो ।”
उनका अनुसार खेतमा उत्पादन भएको धानले पूरै परिवारका लागि वर्षभर खान पुग्दथ्यो । हात्तीले सबै खाएकाले धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको छ । छ देखि नौको संख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पु¥याएको छ ।
यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धानबालीसंगै मनोज बिष्टको केरा बारीमा नोक्सानी पु¥याएको छ । सिद्धभीम आर्दश आधारभूत विद्यालयको घेरवारका साथै वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत हात्तीको बथानले नोक्सानी गरेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।
“ तरकारी बालीमा हात्तीको बथानले नोक्सानी गरेको खबर गरेका छन” उनले भने, “अनुगमन गर्नका लागि जाँदै छौँ । के कति क्षति भयो अनुगमन पछि थाहा हुन्छ ।” धान खाए पछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाको भनाइ छ ।









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया