राष्ट्रिय सम्मेलनबारे माओवादीमा छलफल, भोलि पून: बैठक बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आगामी पुसमा हुन लागेको राष्टिय सम्मेलन तयारीका विषयमा छलफल शुरु भएको छ । पार्टी स्थायी कमिटि बैठकमा यसबारेमा छलफल शुरु भएको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको स्थायी कमिटि बैठकमा सम्मेलनको तयारीका लागि गर्नुपर्ने प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठन लगायतको विषयमा केन्द्रीत रहेर कुराकानी भएको प्रवक्ता कृष्णवहादुर महराले जानकारी दिए ।
उनका अनुसार, विषय प्रवेश भएर सोमबारको स्थायी कमिटि बैठकमा विषय केन्द्रीत छलफल शुरु भएको छ ।
महराले भने, ‘आज नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ, विषय निस्कर्षमा पुगेको छैन, मंगलबार बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल शुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ।’
राष्ट्रिय सम्मेलन आगामी पौष ११ देखि १५ गतेसम्म गर्ने निर्णय यस अगाडी नै माओवादी केन्द्रले गरिसकेको छ । त्यसका लागि असोज मसान्तसम्म सदस्यता नविकरण लगायतका काम गरिसक्ने तयारी गरेको थियो । यसको समिक्षा गदै वडा सम्मेलन, गाउ नगर सम्मेलन, जिल्ला समन्वय समिति गठन देखि प्रदेश सम्मेलनसम्मका विषयमा स्थायी समिति बैठकमा छलफल भएको छ ।
पार्टीको अर्को स्थायी कमिटीको बैठक भोलि मंगलवार बिहान ८ बजे पून बस्ने प्रवक्ता महराले जानकारी दिए ।









प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया