सेती नदीमा १० परिवारका ६० जना फसे
मेरोन्यूज
२०७८ कार्तिक २ गते १३:१५

धनगढी । सेती नदीमा आएको बाढीमा परी कैलालीमा १० परिवारका ६० जना फसेका छन् । जिल्लाको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीमा ति परिवारका सदस्यहरु फसेका हुन् ।
सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको प्रैहरीले जनाएको छ ।
बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर नदी दुवैतिर बग्दा उनीहरु टापुमै फसेका हुन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । जसकाकारण उनीहरुको उद्धारमा कठिनाइ आईरहेको प्रहरीले जनाएको छ ।
ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका थिए । उनीहरुमध्ये नदीले कटान गरिरहेको थाहा पाएकाहरु राति नै त्यहाँबाट भाग्न सफल भएपनि १० परिवारका ६० जना भने फसेका हुन् ।
सम्बन्धित













फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया