नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
काठमाडौं । पर्सा जिल्लाको वीरगंज महानगरपालिका-१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
आइतबार प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका-३ ठेगाना भएका २३ वर्षीय मोहम्मद आशिक र सोही ठाउँ ठेगाना भएका २३ वर्षीय आनिष हवारीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सोही महानगरपालिका-१५ चालिस फिट्टे सडक अगाडिबाट असोज १३ गते उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ बनाई चलाइरहेको अवस्थामा वीरगंज महानगरपालिका-१६ बसपार्कमा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरु उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


















Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया