मोतीपुर घटनामा संलग्न रहेको अभियोगमा मुसलमान पक्राउ

काठमाडौं । मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बुटवल उप-महानगरपालिका वडा नम्बर ११ देवीनगरस्थित डेराकोठामा बस्ने ४४ वर्षीय साविरअलि मुसलमानलाई सोमबार राति साढे ८ बजे पक्राउ गरेको हो ।
मोतीपुर औद्योगिक क्षेत्रको सरकारी जग्गामा विभिन्न व्यक्ति तथा समूहले अतिक्रमण तथा कब्जा गर्ने मनसायले उक्त स्थानमा गैर कानुनी भेला-जम्मा हुने गरेको प्रहरीको भनाइ छ।
सो काम हुने गरेको भन्दै उक्त क्षेत्रमा जिल्ला सुरक्षा समिति रूपन्देहीको बैठकले असोज २४ गते निषेधित क्षेत्र घोषणा गरेको थियो । तर उनीमाथि सरकारी जग्गा अतिक्रमण गर्न मानिसहरूलाई उक्साउने, टोली गठन गर्ने जग्गा बाँडफाँट गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर बनाउने, माइन्यूट तयारको नेतृत्व गर्दै आएको आरोप छ । सोही आरोपमा प्रहरीले उनलाई पक्राउ पुर्जी दिई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीविरूद्ध ईलाका प्रहरी कार्यालय बुटवलमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसूरमा मुद्दा दर्ता गरेको छ । उनीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट १० दिन हिरासतमा राख्न अनुमति पाएको छ ।


















प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया