आजको राशिफल : कार्तिक ३ गते बुधबार

आज २०७८ साल कार्तिक महिनाको ३ गते बुधबार, आश्विन शुक्लपक्षको पूर्णिमा तिथि । आजबाट कार्तिकस्नान तथा आकाशदीप दान आरम्भ हुनेछ । आजबाट बडादशैँ २७८ समापन हुने छ ।
मेष
प्राकृतिक प्रकोपको सामना गर्नु पर्ने छ ।पेशागत जीवनमा तनाव झेल्नु पर्ने छ । आर्थिक रुपमा दबाबको सृजना हुने छ । मनमा भविष्यको चिन्ताले पिरोल्ने छ । परिवारमा द्वन्द आउने तथा त्यसले परिवारमा आक्रोशको अवस्था ल्याउने छ ।
वृष
आर्थिक पक्ष सवल बन्ने छ । मित्र मिलन हुने छ । यात्रामा कठिनाईका कारण तनाव झेल्नु पर्ने छ । परिवारका सदस्यहरुबीच मधुरता उत्पन्न हुने छ । पेशागत जीवनमा कदर र थप जिम्मेबारी प्राप्त हुने छ ।
मिथुन
पेशागत जीवनमा भने सन्तोष प्राप्त हुने छ । तर अनावश्यक विवादमा फसिने भएकाले संयम रहनु नै उपयुक्त हुने छ । सन्तान सुखले पिरोल्ने छ । मनोबलमा बृद्धि हुने भएता पनि आक्रामकतामा पनि बढोत्तरी हुने भएकाले विचार गर्नुहोला ।
कर्कट
झैझगडा र मनमुटाव बढ्ने छ । घर परिवारमा पनि अशान्ति र कलहको वातावरण हुने छ । तामसि भोजन प्रति अत्याधिक मोह बढ्ने छ । पेशा तथा ब्यापार प्रति भने लगाव रहने बानी कायम रहने छ । जोखिमले भरिएका क्षेत्रमा कार्यरतहरुले गुमाउने छन् ।
सिंह
भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरु पुरा हुने छन् । यात्रामा सफलता प्राप्त हुने छ । समय अनुकुल रहेको छ । बोलीको प्रभाव बढ्ने हुँदा अरुले विश्वास गर्ने छन् । पेशागत जीवनमा पनि सफलता प्राप्त हुने छ ।
कन्या
आर्थिक जीवनमा धरमर आउने छ । कर्मशिलतामा बृद्धि भए तापनि त्यसको नतिजा सन्तोषजनक गरि मूल्यांकन हुने छैन् । जीवनसाथिको अदम्य साथ प्राप्त हुने छ । तर पेशागत जीवनमा भने सहकर्मीहरुबाट धोका खाने देखिन्छ । प्रेममा सफलता मिल्ने छ । परिवारमा तनाव देखिन्छ ।
तुला
भइरहेको मान प्रतिष्ठामा गिरावट आउने छ । पेशागत जीवनमा कठोरतम संघर्ष गर्नु पर्ने हुन्छ । आर्थिक क्षेत्रमा दबाब महशुस हुने छ । पारीवारिक सदस्यहरुबीच तनावले आफैलाई पनि तनाव थप्ने छ । सामाजिक जीवनमा पनि क्षति हुने छ ।
वृश्चिक
भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । समय प्रतिकुल रहेकाले संयमित रहनु नै बुद्धिमानी ठहरिने छ । विगतका निर्णयहरुप्रति एकदम पश्चाताप उत्पन्न भइरहने छ । यसले गर्दा वर्तमान खल्लो हुने छ । आर्थिक क्षेत्र औसत रहने तथा पेशागत क्षेत्रमा पनि राम्रो प्रदर्शन हुन सक्ने छैन् । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक दृष्टिकोणले सताउने छ ।
धनु
आफूले दिएको सल्लाह अरुले त्यत्ति मान्ने छैनन् । निन्द्रामा समस्या देखिने छ । कर्मशिलता थपिने छ । तर आम्दानी भने औसत खालको रहने छ । ब्यापार विजनेशमा नयाँ उत्साह आउने छ । जीवनसाथिको साथले आँट र भरोषा प्राप्त हुने छ ।
मकर
तामसी भोजनमा मन जाने छ । साथिभाइहरुसँग बिछोड हुने छ । धोका सहनु पर्ने जोखिम देखिन्छ । प्राकृतिक प्रकोपको सामना गर्नु पर्ने छ । ब्यापार विजनेशमा नोक्सानी व्योहर्नु पर्ने छ । द्वन्दको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला ।
कुम्भ
पेशागत जीवनमा लय उत्पन्न हुने छ । जीवनसाथिको साथले उत्साह र उमङ्ग प्राप्त हुने छ । सामाजिक जीवनबाट मान मर्यादा प्राप्त हुने छ । आकस्मिक आम्दानी प्राप्त हुने छ । प्रशासनिक झमेलाबाट गुज्रने चुनौति देखिन्छ । यात्रामा अनुकुलता भन्दा प्रतिकुलताको सामना गर्नु पर्ने छ ।
मीन
आम्दानीमा केही बृद्धि देखिने छ । मनोबलमा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा पनि केही राम्रा संकेतहरु देखा पर्ने छन् । परिस्थितिमा सुधार आउने छ । यात्रामा कठिनाईको सामना गर्नु पर्ने छ । परिवारमा मधुरता आउने छ । आथिक जीवनमा पनि केही राहत मिल्ने छ ।










एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया