बाढी पहिरोका पीडितहरूलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबानमा परेकाहरूलाई राहत दिने घोषणा गरेका छन् ।
बुधबार दिउँसो प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा बोल्दै उनले विपदमा परेकाहरूलाई राहत दिने घोषणा गरेको हुन् ।
गत आइतबारदेखि देशभर परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको भन्दै प्रधानमन्त्री देउवाले क्षतिपूर्ति दिने निर्णय गरेका हुन् । यस्तै, उनले पीडितहरूलाई उद्धार तथा राहत दिनसमेत सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
वर्षाका कारण सुदूरपश्चिम प्रदेश बढी मात्रामा प्रभावित भएको छ । बाढी पहिरोमा परी अहिलेसम्म देशभर ४८ जनाको मृत्यु भइसकेको छ भने ३१ जना बेपत्ता भएका छन् । यस्तै, २३ जना घाइते भएका छन् ।
वर्षासँगै आएको बाढी पहिरोका कारण सुदूरपश्चिमका ६ जिल्लासहित केही जिल्ला सम्पर्कविहीन हुँदा थप विवरण आउन बाँकी रहेको छ ।










मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया