बाढी पहिरोका पीडितहरूलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबानमा परेकाहरूलाई राहत दिने घोषणा गरेका छन् ।
बुधबार दिउँसो प्रधानमन्त्री देउवाको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा बोल्दै उनले विपदमा परेकाहरूलाई राहत दिने घोषणा गरेको हुन् ।
गत आइतबारदेखि देशभर परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको भन्दै प्रधानमन्त्री देउवाले क्षतिपूर्ति दिने निर्णय गरेका हुन् । यस्तै, उनले पीडितहरूलाई उद्धार तथा राहत दिनसमेत सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
वर्षाका कारण सुदूरपश्चिम प्रदेश बढी मात्रामा प्रभावित भएको छ । बाढी पहिरोमा परी अहिलेसम्म देशभर ४८ जनाको मृत्यु भइसकेको छ भने ३१ जना बेपत्ता भएका छन् । यस्तै, २३ जना घाइते भएका छन् ।
वर्षासँगै आएको बाढी पहिरोका कारण सुदूरपश्चिमका ६ जिल्लासहित केही जिल्ला सम्पर्कविहीन हुँदा थप विवरण आउन बाँकी रहेको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया