एमाले स्थायी कमिटी बैठक बस्दै,महाधिवेशनको स्थान तोकिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी स्थायी कमिटी बैठक आज बस्दैछ। एमाले कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार बैठक अपरान्ह ३ बजे ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।
एमालेले गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा सम्पन्न गरेको एमालेको विधान महाधिवेशनको समीक्षा, विधान महाधिवेशनपछि राजनीतिक , संगठनात्मक र विधानमा सहभागीहरुको सुझाव पछि परिमार्जित गरिएको प्रतिवेदन र हालै छाप्न प्रकाशनमा पठाईएको विधान तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न एमालेले आजको स्थायी कमिटी बैठक बोलाएको हो ।
एमालेले कात्तिक ६ मा देशभर एकैपटक वडा अधिवेशन आयोजना गदैछ । वडा अधिवेशन अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उदघाटन गदैछन् । तर वडा अधिवेशन हतारमा आयोजना गर्न लागेको भन्द्यै वाग्मति प्रदेशकी मुख्यमन्त्री एवंम उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको बागमति प्रदेश कमिटिको बैठकमा असन्तुष्टि पोखेकी थिइन् ।
एमालेले मंसिर १० देखि १२ गतेसम्म पार्टीको दशौं महाधिवेशन आयोजना गर्ने गरी मिति तय गरिसकेको छ । तर महाधिवेशन कुन स्थानमा गर्ने भन्ने एमालेले तय गरिसकेको छैन । वुटवलमा आयोजना गर्ने गरी प्रस्ताव आएपनि त्यसको स्थान ठोस भएको छैन ।
आज बस्ने बैठकले महाधिवेशनस्थलका बारेमा ठोस निर्णय लिने अध्यक्ष केपी ओलीले हिजो नै वताईसकेका छन् । आजको बैठकले महाधिवेशन स्थल तय गर्नेछ ।
त्यस्तै एमाले बैठकले राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन्।
त्यस्तै कात्तिक ९ गते पालिका अधिवेशन गर्ने एमालेले यस अगाडी नै कार्यतालिका बनाईसकेको छ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
प्रतिक्रिया