माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो । पछिल्ला दिनमा लगातार पार्टी बैठक गरेर संगठनात्मक कामलाई तिव्रता दिदै आएको माओवादी केन्द्रले पार्टीको आगामी पुसमा हुने राष्टिय सम्मेलन र त्यस अगाडी सक्नुपर्ने स्थानिय सम्मेलनहरुका विषयमा तिव्र तयारी थालेको छ ।
सदस्यता नविकरण र नयाँ सदस्यता वितरणका कार्यक्रमलाई आक्रामक बनाउँदै लगेको माओवादी केन्द्रले त्यससग सम्वन्धित विषयमा निरन्तर पार्टी बैठक राखेर समिक्षा गरिरहेको छ ।
आजको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । देशभर वेमौसमी वर्षापछिको बाढी र पहिरोका कारण भएको धनजनको क्षतिका विषयमा पनि बैठकमा समिक्षा हुने र नेता कार्यकर्ता परिचालनको लागि पनि माओवादी केन्द्रले आजको बैठकबाट निर्देशन गर्ने पनि बताईएको छ ।
हिजो मात्रै अध्यक्ष प्रचण्डले बाढी पहिरोबाट भएको धनजनको क्षतिका बारेमा पार्टीले सरकारलाई गम्भिर बन्न, राहात तथा उद्दारका काममा लाग्न आग्रह गरेका थिए ।

















गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्भाव र्याली
फोहरजन्य वस्तु बिक्री गरी सात महिनामा रु १४ लाख आम्दानी
दुई फर्मलाई विभागद्वारा जरिवाना
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
ट्रम्पको जमिनमा एक व्यक्तिको जबरजस्ती प्रवेश, सुरक्षाकर्मीले हाने गोली
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
प्रतिक्रिया