तास खेल्ने सिडिओ र एसपीलाई गृहबाट कारबाहीको तयारी (भिडिओसहित)

काठमाडौँ । सार्वजिनक स्थलमा जुवा तास खेल्ने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित उच्च अधिकारीमाथि कारबाही हुने भएकाे छ । स्राेतका अनुसार गृह मन्त्रालयले उनीहरूमाथि कारबाहीकाे तयारी गरेको छ ।
कानुन कार्यान्वयन गर्ने तहमा बसेका जिम्मेवार व्यक्तिले नै कानुन उल्लंघन गरेको भन्दै उनीहरूमा कारबाही गर्न गृह मन्त्रालयमा आज छलफल भएको थियो । गृहमन्त्री बालकृष्ण खाणले गृहसचिव टेकनारायण पाण्डेलाइ घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए । दशैँ तिहारको अवसरमा कानुन कार्यान्वयन गर्ने तहका जिम्मेवार व्यक्तिहरुले कानुन उल्लंघन गर्दासमेत सम्बन्धित सरोकारवाला निकाय चुप बसेका छन् ।
जुवातास खेल्नु कानुनविपरीतको काम हो । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि बढीमा ९ महिना कैदको व्यवस्था गरेको छ । यसलाई बढाएर मुलुकी अपराध संहिता २०७५ ले पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेकपटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने व्यवस्था छ ।
त्यो कानुन कार्यान्वयन गर्ने निकाय जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय हो । तर, ती निकायको प्रमुख नै जुवा तास खेल्न थालेपछि कसले कानुनको संरक्षण गर्ने भन्ने प्रश्न उठेको छ । दशैँ तिहारमा जुवातास खेल्ने क्रम बढ्ने गर्छ । यसलाई नियन्त्रण गर्न प्रहरीले गस्ती गर्छन् । तर, तिनका हाकिम भने तास खेलेर दिन बिताउँछन् ।
सर्लाहीमा आफ्नो पदीय दायित्वलाई बेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकुमार महतो, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर तथा सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठलगायत उच्च अधिकारी सार्वजनिक स्थलमै तास खेलेर कानुनको खिल्ली उडाएका छन् । ‘उहाँहरुले तास खेल्नु भयो अरुलाई बन्देज गराउनेहरु नै यसरी तास खेलेपछि उहाँहरुको विषयमा छानबिन होस भनेर यो भिडियो लिक गरिएको हो’, स्रोतले भन्यो ।
जिल्लाको प्रमुख निकायमा रहेर शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका सिडिओ, एसपी नै यसरी जुवा तासमा रमाएपछि उनीहरुले कसरी कानुन कार्यान्वयन गर्लान भन्ने प्रश्न उठेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व सुरक्षा गार्ड रहेका एसपी राठौर पहिलादेखि नै विवादित छविका प्रहरी अधिकारी हुन् ।
त्यसैगरी सशस्त्रका एसपी श्रेष्ठको पनि ट्याक रेकर्ड राम्रो छैन । श्रेष्ठबारे सशस्त्र प्रहरी मुख्यालयले छानबिन शुरु गरिसकेको छ । प्रदेश २ का बाहिनीपटी गणेश ठाडा मगरेले भने सो विषयमा मौखिक जानकारी स्पष्टिकरण लिएको र लिखित बुझाउन आग्रह गरेको स्रोतको दाबी छ ।

















इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया