बाढी पहिरो पीडितलाई राहत दिन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन् ।
राष्ट्रपतिले प्रकोप पीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका संयन्त्रलाई परिचालन गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्ने विश्वास व्यक्त गरिन् ।
यसैगरी, प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशका सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न राष्ट्रपतिले आग्रह गरेको राष्ट्रपतिको कार्यालयले आज अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखका यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितको उद्धार तथा राहतमा संलग्न हुन राष्ट्रपतिले आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै भविष्यमा आइपर्ने यस प्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनु पर्नेमा पनि उनले जोड दिएकी छन् ।

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
रूसमाथि इयूको पछिल्लो प्रतिबन्धको प्याकेज रोक्ने हङ्गेरीको चेतावनी
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
प्रतिक्रिया