आइतबार, फागुन १०, २०८२

बागमती प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले सहमतिमा सरकार चलाउने

मेरोन्यूज २०७८ कार्तिक ४ गते १५:३२

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मुख्यमन्त्री तथा नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य पदबाट हट्ने निश्चित भएसँगै गठबन्धनबीच यस्तो सहमति भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

मुख्यमन्त्री शाक्यले आजै प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु हुँदै छ ।

गठबन्धनका शीर्ष नेतृत्वबीच भएको छलफलमा पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँले नेतृत्व गर्ने सहमति भएको हो ।

प्रतिक्रिया