मंगलबार, फागुन १९, २०८२

दोहोरो अंकले घट्यो नेप्से

मेरोन्यूज २०७८ कार्तिक ४ गते १७:०७

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको गिरावट आएको छ । शेयर कारोबार मापक परिसूचक नेप्से १४.७० अंकले घटेर २५५६.९६ विन्दुमा पुगेको छ ।

यो अघिल्लो दिनको तुलनामा शून्य दशमलव ५७ प्रतिशत कम हो ।

दशैंपछि आइतबारबाट खुलेको शेयर बजारमा पहिलो दिन १७.५९ अंकले बढेको थियो । त्यसपछि सोमबार ६९.५१ र मंगलबार ७७.३३ ले घटेको थियो । बुधबार भने बजार परिसूचकमा ६०.५६ अंकले हरियो चिन्ह देखिएको थियो ।

नेप्से बढेकोमा लगानीकर्तामा उत्साह भएपनि कारोबार हुने साताको अन्तिम दिन घट्दा लगानीकर्ता निराश देखिएका छन् ।

कुल २१६ कम्पनीका ३६ हजार ७६२ पटक किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँ बराबरका ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बिहीबारको कारोबारमा जोसी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.८७ प्रतिशतका दरले घाटा व्यहोरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया