पन्ज्युनयाँ टि–२० क्रिकेट कात्तिक ७ बाट

बैतडी । दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिता यही कात्तिक ७ गतेबाट हुने भएको छ । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा हुने प्रतियोगिताको विजेताले ७७ हजार ७७७ नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले ३३ हजार ३३३ पुरस्कार पाउनेछ । यसका साथै म्यान अफ द सिरिजलाई पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान तीन हजार ३३३ पाउने क्लबका सदस्य गोपाल कार्कीले जानकारी दिए ।
दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा रहेको पन्ज्युनयाँ खेल मैदानमा सञ्चालन हुने खेल पावरप्लेअनुसार खेलाइने जनाइएको छ । क्लबले आजसम्मका लागि टिम दर्ता खुला गरेको छ । सोका लागि टिम दर्ता शुल्क सात हजार तोकिएको छ । सहभागी हुने टिममा एउटै वडाका मात्रै खेलाडी हुनुपर्ने जनाइएको छ । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि दोगडास्टार क्लबले हात परेको थियो ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया