जलाएर हत्या गरेको आरोपी आफताव आलमको मुद्दा पेसी तोकियो
मेरोन्यूज
२०७८ कार्तिक ५ गते ११:५९

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि सुनुवाई हुने भएको छ । पूर्व मन्त्रीसमेत रहेको उनीमाथि सुनुवाईका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको हो ।
बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका दुई दर्जन व्यक्तिहरूलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा उनी प्रहरी नियन्त्रण्मा रहँदै आएका छन् । हिरासतमा रहेका उनले जमानतमा रिहाईको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
शुक्रबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाई हुने भएको हो । यसअघि पटक पटक पेसी तोकिए सुनुवाई हुन सकेको थिएन ।
आलम रौतहटबाट निर्वाचित कांग्रेस सांसद हुन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।
जिल्ला अदालत र उच्च अदालतले उनलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।
सम्बन्धित

















इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
अछाममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया