मृतकका परिवारलाई दुई लाख प्रदान गरिने कर्णाली प्रदेशको निर्णय
काठमाडौँ । कर्णाली प्रदेश सरकारले बाढी, पहिरोलगायतका विपदमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सामूहिक दुर्घटना बीमाबापत सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
हालै आएको बेमौसमी बाढी, पहिरामा परी प्रदेशमा ८ जनाको मृत्यु र ४ जना घाइते भएका थिए । प्रदेश सरकारले यसअघि लागू गरेको सामूहिक दुर्घटना बीमा कार्यक्रमअन्तर्गत यसपटकको बाढी, पहिरामा परी मृत्यु भएका हुम्लाका ६, कालीकोट र जुम्लाका १÷१ जनालाई राहत रकम दिने भएको हो ।
प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठका अनुसार विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी र पहिराबाट अन्नबालीमा पुगेको क्षतिको लगत संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, घाइतेको निःशुल्क उपचार गर्ने, पूर्ण रुपमा क्षति भएका घरको विवरण संकलन गरी पुनर्निर्माण तथा पुनःस्थापना कार्यक्रमका लागि संघीय सरकारसँग समन्वय गर्ने लगायतका निर्णय गरेको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया