कोलम्बिया सरकारको मोस्ट वान्टेड सूचिमा रहेका कुख्यात लागुऔषध कारोबारी उसुगा पक्राउ

काठमाडौँ । कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पक्राउ परेका छन् । कोलम्बियाको सरकारले ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगालाई पक्राउ गरेको हो ।
समाचार संस्था रोयटर्सका अनुसार ५० वर्षीय उसुगालाई कोलम्बियाको उरागा क्षेत्रको ग्रामीण बस्तीबाट पक्राउ गरिएको राष्ट्रपति इभान डुकले जानकारी दिएका छन् ।
पक्राउ परेका उसुगामाथि थुप्रै परिणाममा कोकिन अमेरिका पठाएको, प्रहरी अधिकारीको हत्या गरेको, आफ्नो समूहमा बच्चाहरूलाई भर्ती गरेको, ती बच्चाहरूमाथि यौन अपराध गरेको लगायत आरोप छ ।
राष्ट्रपति डुकले उसुगा पक्राउ पर्नु आफ्नो देशमा लागुऔषध कारोबारीमाथि यो शताब्दीकै ठूलो प्रहार भएको बताएका छन् । उनलाई पक्राउ गर्ने क्रममा चलाइएको अप्रेशन ओसिरिसमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। उक्त अप्रेशनमा कोलम्बियाको स्पेसल फोर्सका ५ सय सदस्य र २२ वटा हेलिकप्टर परिचालन गरिएको थियो ।
उसुगा ड्रग ट्राफिकिङ समूह क्लान डेल गल्फोको नाइके थिए । उक्त समूहसँग झन्डै १२ सय जना हतियारधारी सदस्य छन् । कोलम्बियाका ३२ मध्ये १० प्रान्तमा उक्त समूहको प्रभाव थियो ।
कोलम्बिया सरकारले मोस्ट वान्टेडको सूचीमा राखेका उनी कहाँ छन् भन्ने जानकारी दिनेलाई ८ लाख इनाम दिने घोषणा गरेको थियो । अमेरिकाले पनि उनी कहाँ बसिरहेका छन् भन्ने जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार दिने बताएको थियो ।















भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया