सर्लाही र धनुषाका एसपीको सरुवा

काठमाडौँ । धनुषा र सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) को काज सरुवा भएको छ ।
धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ भने सर्लाहीका प्रहरी प्रमुख सन्तोष सिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो ।
प्रदेश प्रहरी कार्यालय प्रदेश २का अनुसार धनुषामा रानाभाटको ठाउँमा एसपी बसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाइँ आउने छन् ।
प्रदेश २स्थित एक कर्मचारीलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले अर्धनग्न बनाइ बजार घुमाउँदा पनि प्रहरी मुकदर्शक भनेको भन्दै आलोचना भएको थियो ।
एसपी राठौरले समेत सार्वजनिक स्थलमा नै जुवा तास खेलेको भिडियो सार्वजनिक भएको थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को पुर्व सुरक्षा गार्ड समेत रहेका राठौर पहिलादेखि नै विवादित छविका प्रहरी अधिकारीका रुपमा परिचित छन् । सोही आलोचना पछि दुवै प्रहरी प्रमुखको सरुवा गरीएको हो ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया