सर्लाही र धनुषाका एसपीको सरुवा

काठमाडौँ । धनुषा र सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) को काज सरुवा भएको छ ।
धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ भने सर्लाहीका प्रहरी प्रमुख सन्तोष सिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो ।
प्रदेश प्रहरी कार्यालय प्रदेश २का अनुसार धनुषामा रानाभाटको ठाउँमा एसपी बसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाइँ आउने छन् ।
प्रदेश २स्थित एक कर्मचारीलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले अर्धनग्न बनाइ बजार घुमाउँदा पनि प्रहरी मुकदर्शक भनेको भन्दै आलोचना भएको थियो ।
एसपी राठौरले समेत सार्वजनिक स्थलमा नै जुवा तास खेलेको भिडियो सार्वजनिक भएको थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को पुर्व सुरक्षा गार्ड समेत रहेका राठौर पहिलादेखि नै विवादित छविका प्रहरी अधिकारीका रुपमा परिचित छन् । सोही आलोचना पछि दुवै प्रहरी प्रमुखको सरुवा गरीएको हो ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया