सभापति र पदाधिकारीको अयोग्यताकै कारण कांग्रेस अवैध हुने अवस्थामा पुगेको सिंहको आरोप

जनकपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् ।
आईतबार जनकपुरमा नेपाल प्रेस युनियन ले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाएका हुन् ।
केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाई छ ।
पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने चेतावनी सिंहले दिए । उनले तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा जोड दिए ।
१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने दृढता देखाउँदै सिंहले भने , ‘महाधिवेशन शुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो रु परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ ।’
पाटीलाई संस्थागत गर्ने एकसूत्रीय अभियान आफ्नो रहेको भन्दै उनले , ‘ए कांग्रेस, बी कांग्रेस भन्ने गूटीय अवधारणा समाप्त गर्नुपर्दछ । विधि नियम अनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ ।’
फरक प्रसंगमा बोल्दै नेता सिहले कांग्रेस नेत्त्रित्वको कमजोरी का कारण कमनिस्ठहरुले ब्यवसथा माथि प्रहार गर्ने सुरु गरेको बताए ।
हर हालत मा कांग्रेस महाधिवेशन सम्पन्न गरेर संसद संचालन र रास्टिय राजनित आकलन गरेर अगाडि बिकसित परिस्थिति अनुरुप चल्नु पर्ने बताए ।
नागरिकता मधेसका मुद्धाहरु विधि प्रक्रियामा अवलम्बन गर्रेर तत्कालै हल गर्नु पर्ने भन्दै मधेस र हिमालप् क्षेत्रमा सिमाना जोडिएका नागरिक नै सच्चा देश भक्त रहेको समेत बताए

















Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया