निर्वाचन भएको चार वर्षपछि नतिजा उल्टियो

महोत्तरी । स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ को नतिजा उल्टिएको छ ।
स्वतन्त्र उम्मेदवार रायले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले मतगणनाका लागि दिएको आदेशपछि चार वर्षपछि पुनः आइतबार जनकपुर उच्च अदालतको सभाहलमा मतगणना भएको थियो ।
नतिजा उल्टिएसँगै वडा नम्बर ५ का स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन् । रायले २६८ मत र नेपाली काङ्ग्रेसबाट विजयी भएको भन्दै हालसम्म वडा अध्यक्ष रहेका अरुणकुमार चौधरीले २६६ मत मात्र ल्याएको घोषणा गरिएको छ ।
२ असोज २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रायको २६७ मत आएकामा निर्वाचन अधिकृतले चौधरीका तीन बदर मतसमेत सदर गरिदिएपछि दुवैको परिणाम बराबरी भएको थियो ।
यसअघि मत परिणाम बराबरी आएपछि गोलाप्रथाबाट चौधरीलाई विजयी घोषणा गरिएको थियो ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया