मंगलबार, फागुन १२, २०८२

गृहमन्त्री खाँणसँग विप्लव समूहको छलफल

मेरोन्यूज २०७८ कार्तिक ७ गते २०:५०

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले गृहमन्त्री बालकृष्ण खाँणसँग आइतबार छलफल गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

२०७७ फागुन २० गते तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा विप्लव समूहको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले गृहमन्त्री खाँणसँग छलफल गरेका हुन् ।

तत्कालिन ओलीसरसकारसँग तीन बुँदे सहमति गर्दै विप्लव समूह शान्ति प्रक्रियामा आए झण्डै एक वर्ष हुन लाग्दा पनि आफ्ना कार्यकर्ताहरुको रिहाइ र मुद्दा फिर्ता हुन सकेको छैन ।

गृह मन्त्रालयमा भएको छलफलमा नेकपाका नेता कार्यकर्तालाई कानुनसम्मत रुपमा रिहाइ गर्ने तथा मुद्दा फिर्ता अगाडि बढाउन गृहमन्त्री सहमत देखिएका छन् ।

तत्कालै विभिन्न जेलमा रहेका विप्लव समूहका कार्यकर्ता र उनीहरुमाथि लागेको मुद्दाको सूची तय गरिने भएको छ ।

विश्वकर्मासँगको भेटका क्रममा सरकारका तर्फबाट गृहमन्त्री खाँणसहित कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु र महान्यायाधिवक्ता खम्मबहादुर खाती उपस्थित थिए ।

प्रतिक्रिया