सर्वोच्चका १४ न्यायाधीश छलफलमा जुटे

काठमाडौँ । सर्वोच्च अदालतका १४ जना न्यायाधिश छलफलमा जुटेका छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको सर्वोच्च अदालतको पूर्णबैठक (फूलकोर्ट) बहिष्कार गर्ने घोषणा गरेका १४ न्यायाधिश छलफलमा जुटेका हुन् ।
प्रधानन्यायाधीश जबराले दिउँसो साढे १ बजे फूलकोर्ट बोलाएका छन् । तर, १४ न्यायाधिशले उक्त फूलकोर्ट बहिष्कार गर्ने घोषणा गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशमाथि उठेका नैतिक प्रश्नको हल नहुँदासम्म फुलकोर्टमा सहभागी नहुने निर्णय गरेका थिए । योसँगै सर्वोच्चको पूर्ण बैठक बस्ने/नबस्ने भने अन्योल भएको छ ।
यता नेपाल बार एसोसिएसनको पनि छुट्टै बैठक बसिरहेको छ । सर्वोच्चको आज बस्ने फूलकोर्टमा प्रधानन्यायाधीश जबराले बारका पदाधिकारीलाई समेत बोलाएका थिए। २० न्यायाधीश रहेको सर्वोच्चका एक न्यायाधीश अमेरिका भ्रमण र अन्य काठमाडौंबाहिर रहेको जनाइएको छ ।
सर्वोच्चको फूलकोर्ट बहिष्कार गर्नेमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया