बाढीपीडितलाई कांग्रेस नेताको सहयोग

काठमाडौं । कांग्रेस युवा नेता दीपक सिंहले दोधरा चाँदनीका बाढीपीडित परिवारलाई १ लाख ७५ हजारको खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।
सिंहले हालैको बाढीबाट घरबार बिहीन भएका कञ्चनपुर जिल्लाको दोधरा चादनी नगरपालिका वडा नम्बर ८,९ र १० का अति बिपन्न एक सय परिवारलाई १ लाख ७५ हजार बराबरको खाद्यान्न सामाग्री बितरण गरेका हुन् ।
युवा नेता सिंहले बाढीबाट पिडित अति बिपन्न १०० परिवारका लागि १०० बोरा चावल, १०० लिटर तेल, १५० केजी दाल र १०९ प्याकेट नूनसहितको सामाग्री दोधरा चादनी नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनार मार्फत हस्तान्तरण गरेका हुन्।
सहयोग हस्तान्तरण गर्दै नेता सिंहले बाढीका कारण हजारौ परिवार बिस्थापित भएर देखेर मानवीयताको नाताले आफूले थोरै भए पनि सहयोग गरेको र भविष्यमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नगर प्रमुख सुनारले बिपदको घडीमा गरेको सहयोगको लागि धन्यवाद दिँदै अन्य ब्यक्ति तथा संघ संस्थाहरुलाई पनि सहयोगको लागि आग्रह गरेका छन् ।
बेमौसमी बर्साका कारण महाकाली र जोगबुढा नदीको बाढी बस्तीमा पसेर दोधरा चादनीमा मात्र करोडौंको क्षति हुन गएको छ भने हजारौ बिस्थापित भएका छन ।

















अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
प्रतिक्रिया