गोबिन्द केसीले प्रधानन्यायाधीशको राजीनामा मागे

काठमाडौं । चिकित्सा शिक्षा सुधारको पक्षमा आन्दोलन गर्दै आएका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका छन् ।
केसीले सोमवार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीस राणाको राजीनामा मागेका हुन् ।
प्रधानन्यायाधीश राणाकै कारण न्यायालय बदनाम भएको डा. केसीको तर्क छ । ‘न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामको माग गर्दछौं ।’– डा.केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राणाको पदीय हैसियतको अवज्ञा गर्न सरोकारवालालाई उनले अपिलसमेत गरेका छन् ।
सोमवार मात्रै सर्वोच्च अदालतका १४ जना न्यायाधीसहरुको बैठकले प्रधानन्यायाधीसलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्ने निर्णय गरेको छ ।
कानून ब्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले पनि प्रधानन्यायाधीसलाई न्यायालयका विकृति विसंगति सुधार्न माग गर्दै आएका छन् ।
सोमवार नै प्रधानान्यायाधीश राणाले बारसहित अदालतको फूलकोर्ट बैठक डाकेका थिए ।









आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया