भारतीय सरकार र टाटा सन्सबीच एयर इन्डियाको शेयर सम्झौता
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १६:०६

काठमाडौं । भारत सरकारले टाटा सन्ससँग राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाको सेयर खरिदबिक्री सम्झौतामा हस्ताक्षर गरेको छ ।
टाटा सन्सको सहायक कम्पनी टेलेस प्राइभेट लिमिटेडले १५ हजार ३ सय करोड ऋणभार भएको एयर इन्डियालाई १८ हजार करोड डलरमा खरिद गर्ने प्रस्ताव गरेको थियो । जसलाई सरकारले गत महिना स्वीकार गरेको थियो ।
यसैबीच, सरकारले अक्टोबर ११ मा टाटा सन्सलाई एयरलाइन्सको सतप्रतिशत स्वामित्व बिक्री गर्न इच्छुक भएको भन्दै आशयपत्र (एलओआई) जारी गरेको थियो ।
सरकारले टाटा सन्ससँग एयर इन्डियाको रणनीतिक विनिवेशका लागि सेयर खरिद सम्झौतामा हस्ताक्षर गरेको लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभागका सचिव तुहिन कान्त पाण्डेलाई उद्दृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यम दी इकोनोमिक टाइम्सले जनाएको छ ।
सम्बन्धित















आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया