थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट थप ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र दुई हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १० हजार २९८ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमण पुष्टी भएका थप ११ जनाको मृत्यु भएको छ ।
योसहित मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ६ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८८ हजार ६३० जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ । तीमध्ये ९ हजार ५१२ जना होम आइसोलेसनमा रहेका छन् भने ७८४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २५२ जना आईसीयू र ८० जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।
















जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया