आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानको लगातार दोस्रो जित
मेरोन्यूज
२०७८ कार्तिक १० गते ७:५१
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्ड ५ विकेटले पराजित गरेको छ । यूएईको सारजाहमा गएराति भएको खेलमा न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टाएको हो ।
योसँगै आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । पाकिस्तानको जितमा मोहमद रिजवानले ३३, आसिफ अलीले २७, शोयब मलिकले २६, फखर जमान, मोहमद हाफिज र इमाद वासिमले ११–११ रन र कप्तान बाबर आजमले भने ९ रन बनाए ।
न्युजिल्याण्डका लागि इश सोधीले २ तथा मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १र१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
सम्बन्धित

















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया