गृह मन्त्रालयका १३ उपसचिवको सरुवा (सूचिसहित)

काठमाडौँ । गृह मन्त्रालयले १३ उपसचिवको काज सरुवा गरेको छ । मन्त्रालयले बुधबार निजामती ऐन २०४९ को दफा १८ (क) बमोजिम उपसचिवको काज सरुवा गरेको हो ।
काज सरुवा हुनेमा गृह मन्त्रालयमा रहेका उपसचिव श्रीधर केसी सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् । लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा, मोहनप्रसाद अर्याल इलाका प्रहरी कार्यालय सिमरामा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, हरिप्रसाद पन्त जिल्ला प्रशासन कार्यालय ललितपुरमा, ललितकुमार बस्नेत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा गरिएको छ ।
यस्तै कल्पना घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, नारायण पाण्डे इलाका प्रशासन कार्यालय चन्द्रौटामा, ईश्वरीप्रसाद ढकाल जिल्ला प्रशासन कार्यालय कास्कीमा, विष्णु पौडेल जिल्ला प्रशासन कार्यालय बाँकेमा, मीना अर्याल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा, सागर शाह कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा र श्रवणकुमार पोखरेल कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया