विद्युत महशुल दर घटाउने निर्णयको स्वागत
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरेको छ ।
विद्युत् महसुल दर घटेसँगै कोरोना महामारीका कारण संकटमा रहेका उद्योग व्यवसायलाई थप राहत पुग्ने महासंघले जनाएको छ । महासंघले विद्युत् डिमाण्ड शुल्क वृद्धि नगर्न अनुरोध गर्दै आएको थियो ।
डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै महासंघले यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, मन्त्रालयका अधिकारी, विद्युत नियमन आयोग र विद्युत् प्राधिकरणलाई धन्यवाद दिएको छ ।
‘यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केही मात्रा भए पनि सहयोग पुग्ने हाम्रो विश्वास छ,’ महासंघले भनेको छ, ‘विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुनु पर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग पुुग्ने छ ।’

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया