लामाको अध्यक्षतामा एमाले ककनी गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित

काठमाडौँ । नेकपा एमाले ककनी गाउँपालिकाको ऐतिहासिक प्रथम अधिवेशनबाट अध्यक्षमा शेषमान लामा सर्वसम्मत निर्वाचित भएको छ ।
अधिवेशनले उपाध्यक्षमा पवन फुयाल, सचिवमा योगेन्द्र तामाङ, उप सचिवद्वयमा यम बहादुर लामा र कोपिला गुरुङलगायत ७५ सदस्यीय ककनी गाउँपालिका कमिटी पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन ककनी गाउँपालिका रानीपौवामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यद्वय राजु लामा र काशीनाथ अधिकारीले संयुक्त रुपमा गरेका थिए ।
ककनी गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, अन्य पदाधिकारी एवम सदस्यहरुले नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यद्वय लामा र अधिकारीको उपस्थितिमा पार्टीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
सोही अवसरमा ककनी गाउँपालिकाका सबै वडाबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवम सदस्यले समेत पार्टीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

















धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
धादिङ बस दुर्घटनाको छानबिन गर्न गृहका सहसचिवको नेतृत्वमा कार्यदल गठन
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
UML in favour of peaceful politics, stability: Chair Oli
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
प्रतिक्रिया