इजलास बहिष्कार गर्ने न्यायाधीशविरूद्ध परमादेश माग

काठमाडौं । इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । तीन अधिवक्तासहित सात जनाले शुक्रबार परमादेश जारी गर्न माग गरेका हुन् ।
न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा संविधानप्रदत्त मौलिक हक हनन् भएको, बन्दी तथा थुनुवाहरूको हकमा बन्दी प्रत्यक्षीकरणको मुद्दासमेत प्रभावित भएका जस्ता विषय उठाउँदै परमादेश जारी गर्न माग गरिएको छ ।
अधिवक्ता कीर्तिनाथ शर्मासहित कृष्ण प्रसाई, तोयानाथ ढुंगाना, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले शुक्रवार रिट पेश गरेका हुन् । रिटमा प्रधानन्यायाधीशबाहेक सबै न्यायाधीशलाई विपक्षी बनाइएको छ ।
रिटमा पेसी सूचीका कुनै पनि मुद्दा नरोक्न र इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नका लागि विपक्षी न्यायाधीशहरूका नाममा परमादेश माग गरिएको छ ।
वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निकास दिनपर्ने भन्दै गत सोमबारदेखि इजलास बहिष्कार गरेका छन् ।









नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख ‘करेन्ट नुडल्स’, यशोदा फुड्सले गर्यो सोलार प्रणाली जडान
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाय: सर्वेक्षण
नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया