आइतबार, मंसिर २१, २०८२

थप ५४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक १२ गते १६:११

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १४५ जनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५९ जना गरी ५४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा कोरोना संक्रमण पुष्टी भएका थप ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५६९ जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणमा उल्लेख छ ।

प्रतिक्रिया