बार आन्दोलनमाः प्रधानन्यायाधीशलाई इजलासमा ‘नो इन्ट्री’

काठमाडौं । कानून ब्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बारको बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबारदेखि बुधबारसम्म दैनिक एक घण्टा कालो पट्टी बाधेर विरोध जनाउने भएका छन् । पाँच दिनसम्मको आन्दोलनबाट पनि निकास ननिस्किएमा थप आन्दोलन गर्ने बारले निर्णय गरेको छ ।
यस्तै, बारले प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणालाई इजलासमा प्रवेश नगर्न माग गरेको छ । बार बैठकले प्रधानन्यायाधीश जबरालाई कुनै पनि इजलासमा नबस्न र अदालतको सन्दर्भमा कुनै पनि निर्णय नगर्न माग गर्ने निर्णय गरेको छ ।
बार एशोशिएशनका साथै सर्वोच्चका न्यायाधीशहरु, चार पूर्व प्रधानन्यायाधीशका साथै अधिकांश कानून ब्यवसायीहरुले अदालतको ब्यथिति बढेको भन्दै न्यायालयको शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका छन् ।
त्यसैगरी न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसनको निर्णयको बारेमा ९० वटै बार इकाइहरुमा परिपत्र गर्ने र बारको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने, ९० वटै बार इकाइका अध्यक्ष र सचिवसँग भर्चुअल माध्यमबाट छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने निर्णय गरिएको पनि महासचिव लिलामणि पौडेलले बताए ।
उनले यति विरोधका कार्यक्रम गर्दापनि प्रधानन्यायाधीश जबराको राजिनामा नआएमा विरोधका थप कार्यक्रमहरु घोषणा गर्ने बताए ।
प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न नसकेको, मन्त्रिपरिषद्मा र संवैधानिक आयोगहरुमा भाग खोजेको र न्यायालयमा प्रत्यक्ष राजनीतिक हस्तक्षप भएका कारण नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिनुपरेको बारका महासचिव पौडेलले बताए ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया