बार आन्दोलनमाः प्रधानन्यायाधीशलाई इजलासमा ‘नो इन्ट्री’

काठमाडौं । कानून ब्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बारको बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबारदेखि बुधबारसम्म दैनिक एक घण्टा कालो पट्टी बाधेर विरोध जनाउने भएका छन् । पाँच दिनसम्मको आन्दोलनबाट पनि निकास ननिस्किएमा थप आन्दोलन गर्ने बारले निर्णय गरेको छ ।
यस्तै, बारले प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणालाई इजलासमा प्रवेश नगर्न माग गरेको छ । बार बैठकले प्रधानन्यायाधीश जबरालाई कुनै पनि इजलासमा नबस्न र अदालतको सन्दर्भमा कुनै पनि निर्णय नगर्न माग गर्ने निर्णय गरेको छ ।
बार एशोशिएशनका साथै सर्वोच्चका न्यायाधीशहरु, चार पूर्व प्रधानन्यायाधीशका साथै अधिकांश कानून ब्यवसायीहरुले अदालतको ब्यथिति बढेको भन्दै न्यायालयको शुद्धिकरणका लागि प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका छन् ।
त्यसैगरी न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसनको निर्णयको बारेमा ९० वटै बार इकाइहरुमा परिपत्र गर्ने र बारको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने, ९० वटै बार इकाइका अध्यक्ष र सचिवसँग भर्चुअल माध्यमबाट छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने निर्णय गरिएको पनि महासचिव लिलामणि पौडेलले बताए ।
उनले यति विरोधका कार्यक्रम गर्दापनि प्रधानन्यायाधीश जबराको राजिनामा नआएमा विरोधका थप कार्यक्रमहरु घोषणा गर्ने बताए ।
प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न नसकेको, मन्त्रिपरिषद्मा र संवैधानिक आयोगहरुमा भाग खोजेको र न्यायालयमा प्रत्यक्ष राजनीतिक हस्तक्षप भएका कारण नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिनुपरेको बारका महासचिव पौडेलले बताए ।








र्यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार
जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
प्रतिक्रिया