शुक्रबार, वैशाख २५, २०८३

ऊर्जा संरक्षणका लागि कानूनी व्यवस्था गर्नुपर्नेमा विज्ञहरुको जोड

मेरोन्यूज २०७८ कार्तिक १५ गते १५:५४

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ऊर्जा दक्षता तथा संरक्षणका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऊर्जा क्षेत्रमा भईरहेको गलत अभ्यासलाई रोक्न र सही अभ्यासलाई अघि बढाउन पनि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ऊर्जा दक्षता तथा त्यसको संरक्षण सम्बन्धि कानुन तत्काल ल्याउनुपर्ने बताए ।

केन्द्रको रजत महोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ऊर्जा दक्षता प्रवद्र्धनसम्बन्धि राष्ट्रिय गोष्ठीमा बोल्दै उनले कम खपत गरेर ऊर्जा दक्षता अभिवृद्धि गरी ऊर्जा क्षेत्रको प्रवद्र्धनमा लाग्न सरोकारवाला सबै निकायलाई आह्वान गरे ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विगत ३ वर्षयता ऊर्जा दक्षताको क्षेत्रमा काम गरिरहेको छ । कोभिडका विरामीहरुको उपचारमा समस्या नआउने गरी ऊर्जा खपत गर्ने गरी राष्ट्रिय स्तरका विभिन्न अस्पतालमा केन्द्रित भएर ऊर्जा दक्षता सम्बन्धि कामलाई अघि बढाएको पनि केन्द्रका कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।

Advertisement
NiccNicc

त्यसैगरी उद्योग क्षेत्रमा पनि ऊर्जा दक्षता अभिवृद्धिका लागि आवश्यक प्रविधिको विकासमा केन्द्रले काम गरिरहेको छ ।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु र ऊर्जा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका विज्ञहरु, सम्बन्धित संघ, संस्थाका प्रतिनिधिहरु पनि सहभागी छन् ।

प्रतिक्रिया