गोदावरी फूलको प्रदर्शनी सकियो, करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार

काठमाडौं । चौधौं गोदावरी फूलको प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नजिकिँदै गरेको तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एशोसियशन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चार दिने गोदावरी पुष्प प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
एशोसियशनले ५० लाखको कारोबार हुने अनुमान गरेको थियो । यस्तै, अवलोकनकर्ताको सहभागीता पनि उत्साहजनक नै देखिएको छ ।
प्रदर्शनीमा करिब ३५ हजार जनाले अवलोकन गर्ने अनुमान गरेकोमा करिब ३८ हजारले अवलोकन गरेको एशोसियशनका सचिव हिरामणि शर्मा जानकारी दिए । उनले अवलोकनकर्ता र कारोबारको हिसावमा प्रदर्शनी आशा गरेको भन्दा धेरै राम्रो भएको पनि बताए ।
प्रदर्शनीमा ४४ वटा व्यवसायीक र ४ वटा सूचनामूलक गरि ४८ वटा स्टल राखिएको थियो ।
प्रदर्शनीमा नेपालमा विगत बर्षदेखि नै व्यवसायीक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल विरुवाका साथै यस बर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल विरुवाहरुको समेत प्रदर्शनी तथा विक्री, वितरण भएको छ ।
यसका साथै यस मौसममा फूल्ने सयपत्री, मखमली तथा अन्य मौसमी फूल बिरुवाहरुको समेत प्रदर्शनीमा राखिएको थियो ।
















HoR elections: Nepal-India border closed for 72 hours since last midnight
कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
Two days left to go for HoR polls: EC directs monitoring officers to implement code of conducts
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया