राष्ट्र बैंकले बेच्न थाल्यो सुन चाँदीको सिक्का

काठमाडौं । हिन्दुहरुको चाड तिहारको अवसर पारेर धनवन्तरीमा राष्ट्र बैंकले सुन र चाँदीको सिक्काको बिक्री सुरु गरेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले सुन चाँदीको सिक्का सोमबारबाट विक्री सुरु गरेको हो ।
धनवन्तरीमा असर्फीको माग धेरै हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर सहज तरिकाले असर्फी र सुन तथा चाँदीका सिक्का बिक्री खुला गरिएको राष्ट्र बैंकका निर्देशक एंव टक्सार विभागले जनाएको छ ।
सर्वसाधारणले सहजै तथा छिटो सिक्का पाउने गरि व्यवस्थापन गरेकाले यसपाली प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्रामका १/१ थान असर्फी र सुन तथा चाँदीका सिक्का बिक्रि शुरु गरेको केन्द्रीय बैंकले जनाएको छ ।
सुनको बजारमूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएकाले व्यक्ति वा संस्था सबै किन्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । असर्फी र सुन तथा चाँदीको सिक्का बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मुल्य तय गर्नेछ ।
राष्ट्र बैंकले पहिलो पटक गत शुक्रबार सिक्काको परिक्षण छपाई गरेको छ । पुरानो टक्सार कार्यालय सुन्धाराबाट स्थानान्तरण गरिएका मेसिनहरु जडान गरी पहिलो पटक राष्ट्र बैंकले परिक्षण छपाई गरेको हो ।
बाँकी मेसिनको पनि जडानको काम भइरहेकाले तिहारपछि नियमित रुपमा सुन, चाँदी लगायत अन्य सिक्काहरु छपाई गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।










राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया