हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार पुडासैनी र एसपी आशालाई
मेरोन्यूज
२०७८ कार्तिक १६ गते ११:५०
काठमाडौँ । यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार वरिष्ठ कवि कञ्चन पुडासैनी र उपन्यासकार श्रीप्रसाद घिमिरे ‘एसपी आशा’ लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
ज्योतिष हरिप्रसाद घिमिरेका नाममा उनका सुपुत्र एवं अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले स्थापना गरेको पुरस्कार विसं २०६५ देखि प्रदान गर्न थालिएको हो । नगद १५ हजारसहित, दोसल्ला र अभिनन्दन पत्रले दुवै साहित्यकारलाई सम्मान गरिने समाजका अध्यक्ष घिमिरेले जानकारी दिए ।
पुरस्कार क्यान्सर रोगले पीडित एसपी आशालाई उनको निवासमा अर्पण गरिने र वरिष्ठ कवि पुडासैनीलाई यही कात्तिक २७ गते समाजले जोरपाटीमा आयोजना गर्ने विशेष कवि गोष्ठीमा वितरण गरिने छ । रासस
सम्बन्धित
















मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई
प्रतिनिधिसभा बैठकः सभामुखको उम्मेदवारी प्रस्तुत
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया